जनता टाइम्स

४ आश्विन २०८०, बिहीबार ०९:५७

जनस्तरबाट मनाइएको संबिधान दिवसमा जे देखियो (फोटोफिचर)


काठमाडौं, असोज ४ । नेकपा एमालले संबिधान दिवसको अवसरमा बुधवार बिशेष कार्यक्रमको आयोजना गर्यो ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ७ बजे नक्सालस्थित नारायण चौरमा पुगेर जनस्तरबाट संबिधान दिवस मनाउने कामको थालनी गर्नुभयो भने साँझ ७ बजे पुन सोही स्थानमा दिपावली गरेर बिशेष रुपमा संबिधान दिवस मनाइयो ।

संबिधानप्रति जनताको अपनत्व जगाउन गरिएको यस कार्यक्रममा संबिधानले मौलिक हकका रुपमा ग्यारेण्टी गरेको ३१ हकलाई समेटेर असोज तीन ३१ हक ग्यारेण्टीको दिन भन्ने नारा क्वाइन गरिएको थियो ।