काठमाडौं, असोज ४ । आन्दोलनरत शिक्षकसँग सरकारले गरेको छलफल विनानिष्कर्ष टुंगिएको छ। बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि बार्ता बिनानिश्कर्ष टुंगिएको छ ।
गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीका अनुसार गृह मन्त्रालयमा बिहान ८ देखि ९ बजे सम्म भएको वार्तामा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलका शिक्षक संगठनका पदाधिकारी उपस्थित हुनुहुन्थ्यो । सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी हुनुभएको थियो ।
छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएकाले समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए। मन्त्री श्रेष्ठले शिक्षकहरूको जायज माग सम्बोधन गर्ने र त्यसका लागि अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेपनि शिक्षक महासंघका प्रतिनिधिले आफ्नो अडान कायम राखेका छन । सहमति नजुटे पनि अर्को बैठक छिट्टै बस्नेगरी आजको बैठक टुंगिएको छ ।
प्रतिक्रिया दिनुहोस्