जनता टाइम्स

६ आश्विन २०८०, शनिबार १६:३७

चुच्चे नक्सासहित प्रदेशको पहचान झल्कने गरी एमाले सुदूरपश्चिम प्रदेशले सार्वजनिक गर्यो प्रथम अधिवेशनको लोगो


धनगढी, असोज ६ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनको लोगो सार्वजनिक भएको छ ।

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले अधिवेशनको लोगो शनिबार सार्वजनिक गर्नुभएको हो।

धनगढीमा आयोजित कार्यक्रममा विश्वकर्माले लोगो सार्वजनिक गर्नुभएको हो । लोगोमा सुदुरपश्चिमको पहचानसहित नेपालको चुच्चेनक्सालाई विशेष फोकस गरिएको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन असोज २१ र २२ धनगढीमा हुँदै छ । अधिवेशनको लागि आवश्यक तयारी सुरु भएको छ। अधिवेशनका लागि विभिन्न समिति गठन गरी काम अगाडि बढाएको अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो ।