काठमाडौं, ७ असोज । सभामुख देबराज घिमिरे आज स्वदेश फर्कदैँ हुनुहुन्छ । एक साता लामो आयरल्याण्डको औपचारिक भ्रमण सकेर आज बिहान स्वदेश फर्कन लाग्नुभएको हो । सभामुखको सचिवालयका अनुसार आइतबार बिहान १०ः१५ बजे कतार एयरलाइन्सबाट सभामुख घिमिरे स्वदेश फर्कन लाग्नुभएको हो । सो अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफनो भ्रमणका उपलब्धीका बारेमा जानकारी गराउनुहुनेछ ।
भ्रमणको अन्तिम दिनमा सभामुख घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गर्नुभएको थियो । राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिनुभयो ।
सो भेटमा सभामुख घिमिरेले कुटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताउनुभयो । ‘सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखले गर्नुभएको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ,’ उहाँले भन्नुभयो । उहाँले त्यहाँका सभामुख, मन्त्रीहरूलगायतसँग भेटबार्ता तथा संसदको अवलोकन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्