जनता टाइम्स

८ आश्विन २०८०, सोमबार १५:००

एमाले कोशी प्रदेश संसदीय दलको सचेतकमा दर्नाल


काठमाडौँ, ८ असोज । नेकपा एमालेको कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त हुनुभएको छ।

मुख्यमन्त्री तथा दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभा सदस्य दर्नाललाई सचेतकमा नियुक्त गर्नुभएको हो। यसअघि सचेतक रहनुभएकी सिर्जना राई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएपछि सचेतक पद रिक्त थियो।

रिक्त रहेको सचेतक पदमा दर्नाल नियुक्त भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो।