जनता टाइम्स

८ आश्विन २०८०, सोमबार १९:०४

कोशीका मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद बिस्तार, २ मन्त्री र २ राज्यमन्त्री थपिए


विराटनगर, असोज ८ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरी आज मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो ।

जसअनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बन्नुभएको छ भने लीलाबल्लभ अधिकारीले आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।

त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्नुभएको छ । आजको विस्तारसँगै कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।