जनता टाइम्स

९ आश्विन २०८०, मंगलवार १४:००

सरकारले बिजनेस दिन नसकेपछि राष्ट्रिय सभा बैठक सारियो


काठमाडौं, असोज ९ । सरकारले बिजनेश दिन नसकेपछि राष्ट्रिय सभाको बैठक सूचना टाँसेर सारिएको छ । बिजनेस अभावका कारण शुक्रबार बोलाइएको बैठक ६ दिन पर सारिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असोज १२ का लागि बोलाइएको बैठक असोज १८ गते शुक्रबारसम्म सार्नुभएको हो । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गर्दै राष्ट्रिय सभा बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिनुभएको छ ।

’विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले’ बैठक सारिएको सूचनामा उल्लेख छ । प्रतिनिधिसभा बैठक पनि बिजनेस अभावका कारण असोज १४ गतेसम्मका लागि स्थगित गरिएको छ ।