जनता टाइम्स

१० आश्विन २०८०, बुधबार १५:४६

डाक्टरहरूलाई दुर्व्यवहार होइन सम्मान गरौं : अध्यक्ष ओली


काठमाडौं, १० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरुमाथिको दुर्व्यवहार बन्द गर्न अनुरोध गर्नुभएको छ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले बुधबार आफ्नो फेसबुक पेजमा पछिल्लो समय डाक्टरहरुमाथि हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको भन्दै दुर्व्यवहार बन्द गरेर सम्मान र हार्दिकताको विकास गर्न अनुरोध गर्नुभएको हो।

आफ्नो जीवनमा डाक्टरको भूमिका महत्वपूर्ण रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ। अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ, डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसूस गरेको छु, आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु, मेरो अनुरोध छ( डाक्टरहरुप्रतिको दुर्व्यवहार बन्द गरौं, सम्मान र हार्दिकता विकास गरौं।’