जनता टाइम्स

१० आश्विन २०८०, बुधबार १६:३७

नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्यबिरुद्ध भ्रष्टाचारमा मुद्धा दर्ता


काठमाडौं, असोज १० । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेश इञ्चार्ज बलदेव चौधरीवरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगल आज बिशेष अदालतमा चौधरीबिरुद्ध मुद्धा दर्ता गरेको हो । उदयपुरका त्रियुगा नगरपालिकाका पूर्वमेयर समेत रहनुभएका चौधरीसहित तत्कालीन प्रशासकीय अधिकृतले ढुंगा गिटी उत्खनन गर्न दिने क्रममा राजश्व चुहावट गरी ठेक्का लगाएको भन्दै मुद्दा दर्ता गरेको हो ।

चौधरीबिरुद्ध ८१ लाख ३५ हजार ३ सय ८२ रुपैया १६ पैसा बिगो कायम गरी सोही बरावरको थप जरिवाना माग दावी गरिएको छ ।