जनता टाइम्स

१० आश्विन २०८०, बुधबार २०:३९

एमाले बागमती अधिवेशन : ५ पदाधिकारीमा २६ जनाको उम्मेदवारी दर्ता


काठमाडौं, असोज १० । नेकपा एमाले बागमती प्रदेशको ५ पदाधिकारीमा २६ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा पाँच जनाको उम्मेदवारीसहित कुल पाँच पदाधिकारीका लागि २६ जनाको उम्मेदवारी परेको हो ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा पनि अध्यक्ष बरावर अर्थात पाँच जनाले उम्मेदवारी दिएका छन । अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, काठमाडौंका सानु श्रेष्ठ, रामेछापकै केशरबहादुर बुढाथोकी र बर्तमान अध्यक्ष नुवाकोटका केशव पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

यस्तै उपाध्यक्षमा दोलखाका पूर्वअध्यक्ष ईश्वरचन्द्र पोखरेलसहित चितवनका दावादोर्जे लामा, नुवाकोटका नारायणप्रसाद खतिवडा, मकवानपुरका सुवासचन्द्र ठकुरी, र भक्तपुरका राजेन्द्र राजथलाले उम्मेदवारी दिनुभएको छ । यस्तै सचिवमा रत्ना गुरूङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यस्तै उपसचिव (२ पद) का लागि १२ जनाको उम्मेदवारी परेको छ । उपसचिव एक पदमा महिला निर्वाचित हुने प्रावधान निर्वाचन समितिले राखेको छ ।

उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उम्मेदवारी दिनुभएको छ । मतदान बिहीबार बिहान ११ बजेदेखि सुरू हुने निर्वाचन समितिले जनाएको छ ।