जनता टाइम्स

११ आश्विन २०८०, बिहीबार १५:५३

इन्द्रजात्रामा सहभागी हुन हिँडेरै बशन्तपुर पुगे राष्ट्रपति पौडेल


काठमाडौं, असोज ११ । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थल वसन्तपुरमा पुग्नुभएको छ । जुद्ध शमशेरको शालिकदेखि राष्ट्रपति पौडेलसहित सवै बिशिष्ठ ब्यक्तिहरु हिडदै वसन्तपुर पुग्नुभएको हो ।

जुद्ध शमशेरको शालिकबाट हनुमानढोका तिर सवारी साधन लैजान काठमाडौं महानगरले रोक पनि लगाएको छ । तर, धैरै भिडभाड हुने स्थानमा सवारीसाधन लैजाँदा नागरिकलाई सास्ती हुने भएकाले राष्ट्रपति पौडेल हिँडेर गएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

इन्द्रजात्रामा राष्ट्रप्रमुख हिँडेर सहभागी भएको यो पहिलोपटक हो । यस्तै उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष पनि हिडेर नै बशन्तपुर पुग्नुभएको छ ।