जनता टाइम्स

१२ आश्विन २०८०, शुक्रबार २२:५५

एमाले बागमती प्रदेश अधिवेशन : ढुङ्गेलको सुरुवाती अग्रता


काठमाडौं, १२ असोज । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतगणनामा कैलाश प्रसाद ढुङ्गेलले सुरुवाती अग्रता लिनुभएको छ । शुक्रबार बेलुका जारी मतगणनामा ५८२ मत गणना हुँदा उहाँले ३५६ मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी कृष्ण दाहालले २२६ मत पाउनुभएको छ । यस्तै सचिवमा नवराज सिलवालले १६९ र हस्त पण्डितले १३५ मत पाउनुभएको छ । अहिलेसम्म १० वटा मेसिनको मत गणना भैसकेको छ ।