विराटनगर, असोज १५ । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित हुनु भएको छ ।
अध्यक्षका अर्का प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । खतिवडाले ५१२ मत प्राप्त गनु भएको छ भने प्रतिस्पर्धी ढकाल ४३९ मतमा प्राप्त गर्नुभएको छ ।
प्रदेशको नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान भएको थियो । यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी हुनु भएको छ । उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्