काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार गैरजिम्मेवार रहेको बताउनुभएको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै ओलीले अहिलेको गठबन्धन र सरकार गैरजिम्मेवार देखिएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘कांग्रेस नेतृत्वको गठबन्धन त्यसयता माओवादी केन्द्र नेतृत्वको सरकार कस्ता देखिएका छन्, मिल्न सक्नु, नसक्नु बेग्लै कुरा हो । सरकार चरम गैरजिम्मेवारी, स्वच्छाचारी र विकास विरोधी देखिएको छ।’
प्रतिक्रिया दिनुहोस्