जनता टाइम्स

१६ आश्विन २०८०, मंगलवार १५:०५

जनयुद्ध दिवसको विदा क्यालेन्डरबाट हटाउन अध्यक्ष ओलीको अल्टिमेटम


काठमाडौं, १६ असोज । तत्कालिन नेकपा माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेको दिनलाई सार्वजनिक बिदा मानेर क्यालेन्डरमा समावेश गरे पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बिशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले त्यसलाई तत्काल सच्चाउँन चेतावनी दिनुभएको छ । ‘हिंसा सुरुवात गरेको दिनलाई क्यालेन्डरमा राखिएको छ, राष्ट्रिय बिदा भनेर, यो क्याबिनेटबाट तत्काल फिर्ता लिनुपर्छ’, उहाँले भन्नुभयो, ‘यो सच्याउने काम तुरुन्त गरिनुपर्छ, क्लियर भाषामा भनेको छु, यो स्विकार्य छैन, यदी फिर्ता लिनु हुन्न भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं ।’

अध्यक्ष ओलीकाअनुसार माओवादीले सशस्त्र द्वन्द्व सुरू गरेको दिन फागुन १ लाइ राष्ट्रिय दिवसको रूपमा क्यालेन्डरमा राखेको छ ।