बिराटनगर, असोज १७ । नेकपा एमाले कोशी प्रदेशको नवनिर्वाचित कार्यसमतिका पदाधिकारी तथा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा प्रदेश इञ्चार्ज रघुबीर महासेठले अध्यक्ष धनश्याम खतिवडा, उपाध्यक्ष टीकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी, उपसचिव देवान राई, जलबर्षा राजबंशीसहित सवै सदस्यलाई शपथ गराउनु भयो ।
शपथग्रहण समारोहमा अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका एमाले नेता बिनोदन ढकाल पनि सहभागी हुनुभयो । बिनोद पुगेपछि कार्यकर्ता उत्साहित बनेका थिए ।






















प्रतिक्रिया दिनुहोस्