काठमाडौं, असोज १८ । नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा जानुभएका पूर्वमन्त्री शिवचन्द्र कुशवाहसहित ५ दर्जन नेता–कार्यकर्ता नेकपा एमालेमा प्रबेश गर्नुभएको छ ।
गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वकोजनमत पार्टीबाट बारा २ मा उम्मेदवार बनेका कुशावाह राउतमा राजनीतिक चरित्र नदेखिएको भन्दै केही समयअघि स्वतन्त्र बन्नुभएकोथियो ।
कुशवाह आज एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा एमाले प्रवेश गर्नुभएको हो ।उहाँलाई ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायतका नेताहरूले स्वागत गर्नुभयो ।
कुशवाहले अहिलेको माओवादीले जनयुद्धकालमा ठूलो आकार लिनुमा तत्कालीन एमालेकै कार्यकर्ताको देन रहेको भन्दै अब तीपूर्वएमालेहरूलाई माओवादीबाट एमालेमै फर्काउन अभियान चलाउनुपर्ने बताउनु भयो । उहाँले आफू पनि जनयुद्ध अगाडि एमाले नैरहेकाले ३० वर्षपछि घर फर्किएको बताउनु भयो।
कुशवाह २०६४ सालमा बारा २ बाट संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो। उहाँ माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यरहनुभएको थियो ।
कुशावाह उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग झिनो मतले पराजित हुनुभएको थियो। निर्वाचनपछि केहीसमय जनमत पार्टीमा रहे पनि सीके राउतसँग सहमत हुन नसकी छाडनुभएको थियो ।
एमालेमा प्रवेश गर्दै कुशवाहले आफू बारामा एमालेकै राजनीति गरेर आएकाले पूरानै घर सहज भएको र बारामात्र नभएर मधेशमैएमालेलाई पहिलो शक्तिबाट बहुमतमा लैजान पहल गर्ने बताउनु भयो । उहाँसंगै ५४ जना मधेसका नेता–कार्यकर्ता एमाले प्रबेश गरेकाछन ।
प्रतिक्रिया दिनुहोस्