काठमाडौं, २० असोज । नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ । अधिवेशन असोज २४ र २५ गते जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा हुनेछ । असोज २४ गते मध्यान्ह १२ बजे अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने कार्यक्रम तय भएको एमाले मधेश प्रदेशका ईन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार खाद्य, आवास, मञ्च, हल स्वंयमसेवकलगायत उप-समितिले व्यवस्थित रुपले काम अघि बढाएको छ ।एमाले मधेश प्रदेश कमिटीले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ तय गरेको छ ।
एमाले मधेश प्रदेशसभामा सबभन्दा ठूलो दल बनेको छ । ०८४ को चुनावमा यस प्रदेशमा बहुमत ल्याएर सरकार बनाउने किसिमले एमालेका नेताहरु दिनरात खटिरहेको इन्चार्ज भट्टराईले बताउनुभयो । त्यसका लागि अधिवेशनबाट योग्य र सक्षम नेतृत्व चयन गर्नुपर्ने एमाले नेताहरुको जोड छ ।
प्रतिक्रिया दिनुहोस्