काठमाडौं, असोज २० । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अराजक बनेको भन्दै यस्तो अराजक प्रधानमन्त्रीलाई कांग्रेसले किन बोक्ने ? भन्ने प्रश्न गर्नुभएको छ ।
उहाँले सरकार राम्रोसँग चल्न नसकेको ठोकुवा पनि गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यो सरकार सच्चिन जरुरी रहेको बताउनु भयो । सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले सरकार छोड्नु पर्ने उहाँको भनाई छ ।
सडकमा लाखौं मान्छे उतार्छु भनेर प्रधानमन्त्रीले कसलाई धम्की दिएको भन्दै कोइरालाले प्रश्न गर्नुभयो । कोइरालाले कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री यस्तो अराजक बनेपछि उहाँलाई किन मान्ने भन्ने प्रश्न स्वभिावक रहेको बताउनु भयो ।
‘गोरखाबाटै निर्वाचित भएको प्रधानमन्त्रीले सडकमा लाखौं मान्छे उतार्छु भनेर धम्की दिइरहेका छन् । उनी देशको प्रधानमन्त्री हुन् कि पार्टीको अध्यक्ष रु यसरी गैरजिम्मेवारी बोल्न मिल्दैन । उनले विराटनगर गएर २०८४ मा माओवादीलाई जिताउनुस्,म जातीय राज्य दिन्छु भने । के प्रधानमन्त्रीले खल्तिबाट जातीय राज्य निकालेर दिने हो रु उहाँले पहिलो संविधान सभामा जातीय राज्य दिएको होइन ? उहाँले चाहदैमा हुँदैन र यो देश जातीय,धार्मिक र साम्प्रदायिक हिसाबले मिलेको देशलाई भाँड्ने अराजक कुरा गर्न मिल्दैन,’ कोइरालाले भन्नुभयो ।
उहाँले देशमा फैलिएको अराजकता रोक्ने हैसियत नेपाली कांग्रेसमा मात्र रहेकाले अब कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला आएको बताउनु भयो । धरान, मलंगवा हुँदै नेपालगञ्जसम्मका घटनाले अराजकताको संकेत गरेकाले अब कांग्रेसले नेतृत्व लिने बेला भएको कोइरालाको भनाई छ ।
उहाँले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने पनि बताउनु भयो । यस्तै उहाँले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नु पर्ने बताउनु भयो । कोइरालाले देश अराजकतातिर गइरहेको भन्दै कुनै पनि तरिकाले देश ठीक ढंगले नचलेको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्