जनता टाइम्स

२२ आश्विन २०८०, सोमबार ०९:४७

इजरायलमा बंकरमा फसेका नेपालीलाई खाना र आवासको ब्यवस्था गर्न प्रवासी नेपाली मञ्च तयार, सरकारले उद्धारमा तदारुकता नदेखाएको भन्दै आपत्ति


काठमाडौं, असोज २२ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले इजरायलमा बंकरमा फसेका नेपालीलाई राजधानी तेलअबिबमा लैजान र सम्बन्धित निकायबाट ब्यवस्था नभएसम्म खाना तथा आवासको सम्पूर्ण ब्यवस्थापन गर्न तयार रहेको बताएको छ ।

इजरायलमा शनिवार प्यालेस्टानी हमास समुहले गरेको आक्रमणपछि बंकरमा फसेका नेपालीलाई यस्तो ब्यवस्था गर्न तयार रहेको ओएनएफ अन्तराष्ट्रिय कमिटीले जनाएको हो ।

ओएनएफका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले आज बिज्ञप्ती जारी गर्दै भन्नुभएको छ,’ इजरायलमा बंकरमा फसेका नेपालीहरुलाई राजधानी तेलअबिबमा लैजान र सम्बिन्धत निकायबाट ब्यवस्था नभएसम्म खाना तथा आवासको सम्पुर्ण ब्यवस्थापनको लागि प्रवासी नेपाली मञ्च इजरायल तयार रहेको जानकारी प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष गीता सुवेदीले जानकारी दिनुभएको छ ।’

बिज्ञप्तीमा मञ्चले जीवन रक्षाका लागि अपिल गरेका २९ जना नेपालीहरुको बिवरण पनि सार्वजनिक गरेको छ ।