काठमाडौं, असोज २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायल आक्रमणमा परी ज्यान गुमाएका मृतक नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गर्न आग्रह गर्नुभएको छ । प्यालेस्टानी समूह हमासद्वारा इजरायलमा गरेको आक्रामणमा परी १० नेपालीको ज्यान गएपछि एमाले अध्यक्ष ओलीले सरकारसँग सो आग्रह गर्नुभएको हो ।
‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ ओलीले भन्नुभएको छ, ‘घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शव ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना।’इजरायलमा हमासले अचानक गरेको आक्रामणमा परेर दुवैतर्फ एक हजारबढीको ज्यान गएको छ।













प्रतिक्रिया दिनुहोस्