काठमाडौं, असोज २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ । उहाँहरुबीच शनिबार बिहान बालुवाटारमा यस्तो सहमति भएको हो ।
प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा कांग्रेस सभापति र नेता कोइरालाले यस्तो गठबन्धन दायाँबायाँ नहुने लिखित कबुलियतनामा गराउनुभएको छ । ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, भनेर लेखिएको सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गर्नुभएको छ । कोशी प्रदेशमा कांग्रेसका कोइराला पक्षका केदार कार्कीसहित ८ जना सांसदहरुले विद्रोह गरेर एमालेसँग मिली कार्की मुख्यमन्त्ती बनेसँगै प्रधानमन्त्री प्रचण्ड सशंकित बन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्