काठमाडौं, असोज २८ । स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । १९ बुँदे मागसहित दुई सातादेखि आन्दोलनरत कर्मचारीहरू र सरकारी पक्षबीच सहमति भएसँगै आन्दोलन पनि फिर्ता भएको छ । सहमति पत्रमा संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले हस्ताक्षर गरेका छन् । संघीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित थिए ।














प्रतिक्रिया दिनुहोस्