जनता टाइम्स

२८ आश्विन २०८०, आईतवार ०९:११

एमाले मधेश प्रदेशका सर्वसम्मत निर्वाचित पदाधिकारीले लिए शपथ, अरुको दसैंपछि हुने


जनकपुरधाम, असोज २८ । नेकपा एमाले मधेश प्रदेश अधिवेशनाट सर्वसम्मत चयन भएका पाँच पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सर्वसम्मत चयन भएका पदाधिकारीलाई शनिबार राति शपथग्रहण गराइएको हो ।अध्यक्ष चण्डेश्वर मण्डललाई निर्वाचन कमिटीका अधिकृत टीकाध्वज खड्काले शपथ ग्रहण गराउनुभयो भने अध्यक्ष मण्डलले नवनिर्वाचित प्रदेश कमिटीका उपाध्यक्ष पर्साका विचारी यादव, सचिव बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) लाई शपथग्रहरण गराएका हुन् ।यस्तै सर्वसहमतिबाट चयन भएका लेखा समिति अध्यक्ष लक्ष्मीनारायण यादवलाई पनि अध्यक्ष मण्डलले शपथ ग्रहण गराउनुभएको छ ।प्रदेश कमिटीका सदस्यहरुको शपथ दसैंपछि हुने एमालेले जनाएको छ ।
जनकपुरधाममा असोज २४ गतेदेखि जारी एमालेको प्रथम अधिवेशन सकिएको छ । पाँच पदाधिकारीसहित २३५ सदस्यीय कमिटी चयनको लागि अधिवेशन भएको थियो । केही सदस्यको टुंगो लाग्न बाकि रहेका छ ।