जनता टाइम्स

२९ आश्विन २०८०, सोमबार ०७:३४

मेलम्चीको मुहान सारिने


काठमाडौँ, २९ असोज । मेलम्ची खानेपानी आयोजनाको मुहान ९हेडवर्क्स० सारिने भएको छ। अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवक्र्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बैङ्क ९एडिबी० ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको जानकारी दिनुभयो। एडिबी सो आयोजनाको दातृ निकाय हो। मेलम्ची खोलामा आएको पटक पटकको बाढीपहिरोले सो हेडवर्क्स क्षतिग्रस्त हुँदै आएको छ।

पन्तले भन्नुभयो, “बैङ्कले आयोजनालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ। अब सो सम्बन्धमा काम अगाडि बढाउन सरकारले निर्णय गर्नु पर्छ। निर्णयपछि नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नु पर्छ। भौगर्भिक अध्ययन ९डिपिआर० प्रतिवेदन स्वीकृत भएपछि हेडवक्र्स निर्माणका लागि निर्माण कम्पनी छनोट प्रक्रिया अगाडि बढ्छ।”

कम्पनी छनोट भइसकेपछि हेडवर्क्स निर्माण गरी त्यसको सञ्चालन गर्न करिब तीन वर्ष समय लाग्न सक्ने प्रवक्ता पन्तको भनाइ छ। नयाँ हेडवर्क्स निर्माण गरी सञ्चालनमा ल्याउन लाग्न सक्ने लागतको यकिन डिपिआर निर्माणपछि मात्र स्पष्ट हुने उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “हेडवर्क्स निर्माण गरेर मात्र हुँदैन। नयाँ हेडवर्क्स निर्माण हुने स्थानबाट अहिलेको हेडवर्क्स रहेको स्थानसम्म पानी पथान्तरणका लागि सुरुङ मार्ग निर्माण गर्नु पर्छ। त्यसै गरी नयाँ हेडवक्र्ससम्म पुग्न पहुँच मार्ग, हेडवर्क्स क्षेत्रमा अन्य संरचनामा समेत निर्माण गर्नु पर्छ। यी संरचना निर्माण गर्न समेत मन्त्रीपरिषद् वा सम्बन्धित मन्त्रालयको मन्त्रालयस्तरीय निर्णयबाट स्वीकृत हुनु पर्छ।”

मेलम्ची खानेपानी आयोजनाको समय दुई दशक थप गरिए पनि अहिलेसम्म सो आयोजना स्थायी रूपमा सञ्चालनमा आउन सकेको छैन। सुरुमा १५ अर्ब रुपियाँ लागत भनिएकोमा कुल लागत ३५ अर्ब रुपियाँभन्दा बढी खर्च गरेर अस्थायी रूपमा निर्माण गरिएको सो आयोजनाबाट अहिलेसम्म नियमित रूपमा पानी वितरण गर्न सक्ने अवस्था छैन।

आयोजनामा मन्त्रालय र एडिबी असफल

पूर्वाधारविज्ञ प्राडा सूर्यराज आचार्यले हचुवाका भरमा गरिएको भौगर्भिक अध्ययन, डिजाइन निर्माणका कारण मेलम्ची खानेपानी आयोजना असफल जस्तै बन्दै गएको बताउँदै सो आयोजनामा सम्बन्धित मन्त्रालय र दातृ निकाय एडिबी दुइटै असफल भएको टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो, “विश्व बैङ्क तथा एडिबी जस्ता दातृ निकायले खटाएको कुनै विदेशी परामर्शदाताद्वारा गरिएको अध्ययनका कारण मेलम्चीलगायतका आयोजना असफल हुने अवस्थामा पुगेका छन्। नेपालमा निर्माण गरिने आयोजनाको अध्ययन यहीँकै भूगर्भविद् र पूर्वाधारविज्ञबाट हुनु पर्छ, जुन अहिलेसम्म गरिएको छैन।” उहाँले अगाडि भन्नुभयो, “अन्य मुलुकको भन्दा यहाँ प्राविधिक जटिलता छ, भौगोलिक बनोटका यहाँका खोला नदीमा आउने बाढीको ‘फ्लो’, पहिरो जाने कुराहरू फरक भएकाले कुनै विदेशी विज्ञले गरेको अध्ययनले यहाँको आयोजना सफल हुन सक्दैन। गोरखापत्रबाट