धादिङ, कात्तिक ५ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताउनुभयो ।
पटक–पटक चार रेक्टर स्केलभन्दामाथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय राजेश अधिकारीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण संकलन जारी रहेको बताउनुभयो । धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भई आज बिहान छ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो ।













प्रतिक्रिया दिनुहोस्