काठमाडौं, १२ कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइ पुग्नुभएको छ ।
आफनो चार दिने भ्रमणका लागि उहाँ आइतबार राती १ः०० बजे नेपाल आइपुग्नुभएको हो । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गए राती आइपुग्नुभएका उहाँलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा नेपाल आएका उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतसँग शान्ति प्रक्रिया र जलबायु परिवर्तनका बारेमा छलफल गर्नुहुनेछ । उहाँले आज अपरान्ह १ः१५ बजे पछि प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भेटबार्ता गर्नुहुनेछ ।
यस भ्रमणको क्रममा महासचिव गुटेरेस स्याङबुचे जानेछन भने पोखरासहित अन्नपुर्ण पदमार्ग पुग्ने र लुम्बिनीमा शान्ति ध्यान गर्ने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्