जनता टाइम्स

२७ कार्तिक २०८०, सोमबार १३:४५

नेपालमा टिकटक बन्द, सरकारले गर्यो यस्तो निर्णय


काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।

टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ ।