काठमाडौं, कात्तिक २८ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले तिहारको महिमा, ऐतिहासिकता र साँस्कृतिक विशेषताबारे बिशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्चको कला, साहित्य तथा संस्कृति विभागको आयोजनामा भएको कार्यक्रममा तिहारसहित विभिन्न चाड पर्वहरु किन मनाउने ? तिहार पर्वमा प्रकृति, मानव र जीवजन्तुको कस्तो अनोन्याश्रित सम्बन्ध रहेको छ ? भन्ने विषयमा संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिकराम ढकालले अनुसन्धनात्मक प्रवचन दिनुभयो ।
ढकालका अनुसार सम्पूर्ण मानव जातिले मनाउनु पर्ने र जुनसुकै सनातन धर्महरुको एक मुख्य दोश्रो ठूलो पर्व तिहार मनाउने पौराणिक सान्दर्भिकता, आदर्शता, लगायत विज्ञान र मानव व्यवहारमा यस्ता पर्वहरूको सार्थकता र सामयिकता पौराणिक कालमा दुःख सुखको सूचना दिने रैथाने काग मानिन्थ्यो र आज पर्यन्त काग तिहार मनाइन्छ र विभिन्न खानेकुरा दिने चलन चेली आएको छ । घर घर र मानिसको रक्षा गर्ने कुकुर हो जसले उसको इमान्दाररिता र वफादारिता कुकुर भएकोले विभिन्न खानेकुरा दिएर माला लगाइदिएर कुकुरको पूजा गरिन्छ कुकुर तिहार मनाइन्छ ।
मानव जातिका लागि चाहिने गाईको दूध, मल, गहुँत र गोबर हो। कृषि उत्पादनका लागि चाहिने सहयोगी गाई गोरु भएकोले गाई र गोरुको पूजा गरिन्छ र गाई तिहार र गोवर्धन पूजा गरेर धुमधामसित मनाइन्छ। तिहारको पाँचौं दिन भाइ टीकाको पर्व जुन चेली माईतीको सम्बन्धलाई सामाजिक र पारिवारिक सम्बन्धको विशेष महत्व राख्ने दिन हो । निधारमा सप्तरङ्गी टीका लगाएर शुभकामना आदानप्रदान गर्दै विभिन्न मिष्टान्न एकार्कामा साटासाट गर्ने सुसंस्कृत समाज बनाउने परम्परा र चलन रहेको छ । नेपाली समाजमा जुनसुकै परम्परा, सनातन धर्म र सम्प्रदायको अनादि छन र अनन्त पनि छन ।
कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा, विशेष अतिथिमा संस्कृत विश्विद्यालयका उप प्राध्यापक ढकाल र अर्का विशेष अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा हुनुहुन्थ्यो । कार्यक्रमका अतिथिहरुले तिहारको विशेषता र महत्वको वारेमा संक्षिप्त शुभकामना सम्बोधन गर्नुभएको छ ।
विभागका सचिव खड्ग न्यौपानेको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा विभागीय प्रमुख सरस्वती केसीले सबै सहभागी र फेसबुक लाइभमा जोडिएका स्वदेश तथा विदेशका सम्पूर्ण नेपालीहरुलाई यस दीपावली ( तिहार), म्हः पूजा, छठ, नेपाल सम्वत, उधौली, उभौली, ल्होसार आदि पावन पर्वहरूको सुखद अवसरमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घजीवन सुखद, सुसंस्कृत र प्रसिद्धिको शुभकामना दिंदै कार्यक्रम अन्त्य गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्