जनता टाइम्स

११ मंसिर २०८०, सोमबार १६:२८

गौशालामा तनाव, आचार्य श्रीनिवास पक्राउ


काठमाडौं, मंसिर ११। दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित हुनुभएको छ।
प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उहाँले उग्र अभिव्यक्ति दिनुभएको छ । गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उहाँलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले उहाँलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको छ । उहाँले भन्नुभयो , ‘भिडलाई उग्र बनाएपछि नियन्त्रणमा लिएका छौं ।’ प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गर्नुभएको थियो ।

त्यसक्रममा उहाँले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाउनुभएको थियो । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आउनुभएका व्यक्ति हुनुहुन्छ। उहाँले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गर्नुभएको थियो। त्यसबेला पनि उहाँपक्राउ पर्नुभएको थियो । श्रीनिवासले २५ चैत २०७४ मा धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैंलाई गोली हान्न लगाएको आरोप समेत उहाँ माथि छ ।

श्रीनिवास धार्मिक हिंसा भड्काउन कतिसम्म गर्छन् भन्ने २५ चैत २०७४ को घटनाले देखाउँछ । त्यो बेला उहाँले आफैंलाई गोली हान्न लगाउनुभएको थियो जिल्ला प्रहरी कार्यालय, मोरङमा त्यसबेला खटिएका एक अधिकृतका अनुसार, त्यसदिन आफूलाई युवा सन्त बताउने श्रीनिवास आचार्य बिहान २ बजे शौचालय निस्किनुभएको थियो त्यही क्रममा उहाँले आफैंलाई गोली हान्न लगानुभएको थियो ।