जनता टाइम्स

१४ मंसिर २०८०, बिहीबार १६:३६

नक्कली शरणार्थी प्रकरण : उच्चको आदेश भोलि


काठमाडौं, १४ मंसिर। नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदनको बहस सकिएको छ । आज जवाफी बहस सकिएसँगै प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले भोलि आदेश आउने बताउनुभएको छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने हिजो सकिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीले पुनरावेदन गरेका थिए । काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।