मुगु, मंसिर १६ । नेकपा एमाले मुगुको नेतृत्व चयन बिवादमा परेको छ । अध्यक्षमण्डलले एउटा होटलमा बसेर सूची बनाउँदै मध्यराती नाम टाँसेर बहुमत प्रतिनिधिको अपमान गरेको भन्दै अध्यक्षका दावेदार डम्बरबहादुर रावल पक्षले अस्वीकार गरेको हो ।
एमाले मुगुमा अध्यक्ष मण्डलले पुर्णबहादुर रोकायाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको घोषणा गरेको थियो । तर सो घोषणा बहुमत प्रतिनिधिलेअ स्वीकार गरेकोले आफूहरुले नमान्ने अधिवेशन प्रतिनिधि तथा निवर्तमान जिल्ला कमिटी सदस्य नरेन्द्र रावलले बताउनु भयो ।
‘बहुमत प्रतिनिधि एकातिर छन, अल्पमतलाई टीका लगाएर मध्यराती घोषणा गर्ने कुरा स्वीकार्य हुन्न,’ रावलले भन्नुभयो । रावलले कुल प्रतिनिधिको ६० प्रतिशतले रावललाई अध्यक्ष बनाउन खुल्ला हस्ताक्षर गरेको जिकिरसमेत गर्नुभयो । अध्यक्षमण्डलले उम्मेदवारी मनोनयनको आह्वानसमेत नगरी आफूखुसी नाम घोषणा गरेर भागेको भन्दै आपत्तिसमेत जनाउनु भयो ।
एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले भने सवै प्रतिनिधिको भावनाअनुसार सर्वसम्मत नेतृत्व चयन गरिएको र केही मानिसले आफूहरु सवै काम सकेर मुगुबाट हिडेपछि अराजकता मच्चाउन खोजेको दावी गर्नुभएको छ ।
यसैबीच एमाले मुगुका १२ वटा जनबर्गीय संगठनले अध्यक्षमण्डबिरुद्ध खेद ब्यक्त गर्दै बिज्ञप्ति जारी गरेका छन ।
प्रतिक्रिया दिनुहोस्