जनता टाइम्स

११ पुष २०८०, बुधबार १६:०९

जनताको पैसाबाट चल्ने सरकारी निवासमा दलको बैठक बसेपछि राप्रपाको आपत्ति


काठमाडौं, ११ पुस । राप्रपाले जनताको पैसाबाट चल्ने बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक बसेपछि आपत्ति जनाएको छ ।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले प्रधानमन्त्रीको सरकारी निवासमा मोर्चा वा कुनै पनि दलीय बैठक बस्नु आपत्तिजनक रहेको बताएका छन् । देशको प्रधानमन्त्री बस्ने र जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दल विशेष वा मोर्चाको सम्पर्क कार्यालयजस्तो बनाउन नहुने भन्दै उहाँले यो विषय नैतिक आचरणको रहेको बताउनुभयो ।

यसबारे सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेख्नुभएको छ,

समाजवादी मोर्चाको बैठक वा कुनै पनि दलीय बैठकहरु प्रधानमन्त्रीको सरकारी निवासमा गरिनु आपत्तिजनक छ । देशको प्रधानमन्त्री बस्ने, जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दल विशेषको, मोर्चाको सम्पर्क कार्यालय जस्तो बनाइनु हक हुँदैन । यो मुलतः नैतिकताको विषय हो ।