जनता टाइम्स

३ माघ २०८०, बुधबार ०८:२३

इपिएस परीक्षा तोकेकै समयमा


काठमाडौँ, ३, माघ । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने रोजगार अनुुमति प्रणाली ९इपिएस० भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने जनाइएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले मानव संसाधन विभाग ९एचआरडी० कोरियाले यसअघि तोेकेको समय माघ २१ गते ९फेब्रुवरी० मा गर्ने तयारी भएको जनाएको छ । सो शाखाका निर्देशक मैयाँ कँडेलले परीक्षा तोकेकै समयमा परीक्षा सञ्चालन गर्ने गरी तयारी भएको जानकारी दिनुुभयो । एचआरडी कोरियाले इपिएस शाखालाई माघ २१ गते ९फेब्रुअरी ४० मा सूचना जारी गर्ने गरी तयारी गर्न भनेको छ ।

उहाँका अनुसार पहिलो चरणमा ४७ हजारको परीक्षा लिन्छौँ । त्यो परीक्षाको नतिजा आएपछि व्रmमशः दोस्रो र तेस्रो चरणको परीक्षा सञ्चालन गरिने उहाँको भनाइ छ । इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् ।

दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुने शाखाले जनाएको छ ।