काठमाडौं, १९ माघ । श्रीलंकामा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन ब्याडमिन्टन खेलाडी शुक्रबार श्रीलंकाको गल प्रस्थान गरेको छ ।
फेब्रुअरी ५ देखि ११ तारिखसम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल च्यालेन्जमा प्रिन्स दाहाल, रशिला महर्जन र रिहाना शेरचनले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै, फेब्रुअरी १३ देखि १८ तारिखसम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल सिरिजमा प्रिन्स, रशिला, रिहानासहित अभय महरा र कविर केसीले सहभागिता जनाउने छन् । रिहाना भने श्रीलंकामै प्रशिक्षणरत छिन् ।
टोलीलाई सफताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव प्रकाशकुमार कसारीले एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया दिनुहोस्