जनता टाइम्स

२९ माघ २०८०, सोमबार १२:३५

मानवअधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन अध्यक्ष ओलीले गर्नुहुने


काठमाडौं, २९ माघ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुने भएको छ ।

सम्मेलन भोलि काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजेदेखि हुनेछ ।

यस्तै सम्मेलनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. शेखर कोइराला, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलगायतको सहभागिता रहनुहुने बताइएको छ ।