जनता टाइम्स

१३ फाल्गुन २०८०, आईतवार १७:५३

दक्षिण कोरियाको थुगुमा प्रवासी नेपाली मञ्चको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा प्रदीप रोकाया चयन


दक्षिण कोरिया, फागुन १३ । प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको थेगु क्षेत्रीय कमिटीको पाचौं अधिवेशन सम्पन्न भएको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले प्रदीप रोकायाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा पासाङ शेर्पा, सचिवमा छोनम लामा, उपसचिवमा बिक्रम थापा र मिलन रानालाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा मिङमा लामा, ब्रेन्जल राई, सागर न्यौपाने, गणेश कँडेल, सुरज पुरी, सामु गिरी र गणेश रानाभाटलाई चयन गरेको छ ।

कार्यक्रममा अध्यक्ष थापाले नवनिर्वाचित कमिटीका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउदै धन्यवाद दिनुभएको छ । अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाको दक्षिण कोरिया भ्रमणको अवसर पारेर थेगु कमिटीको अधिवेशन गरिएको हो ।

अध्यक्ष थापा संगठन बिस्तारको सिलसिलामा एक महिने बिश्व भ्रमणको अभियानमा रहनुभएको छ । मलेसियामा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि अध्यक्ष थापा हङकङ, मकाउ, कम्बोडियाको भ्रमण सकेर दक्षिण कोरिया आइपुग्नु भएको हो ।