काठमाडौं, १५ फागुन । प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो ।
सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ । त्यस्तै संघीय संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको छ ।













प्रतिक्रिया दिनुहोस्