काठमाडौं, १६ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई खरानीको डल्लोको संज्ञा दिनुभएको छ । सुनसरी जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो,‘गठबन्धन खरानीको डल्लो हो, सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन ।’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको उहाँले अहिले सरकार फेर्ने खेलमा एमाले नलाग्ने स्पष्ट पार्नुभयो ।
उहाँले एमाले मिसन ८४ मा लागेको भन्दै अहिले सरकारको विषय प्राथमिकतामा नरहेको बताउनुभयो । उहाँले कांग्रेस महासमिति बैठकबाट संविधान संशोधनको ब्याक फायर गरेको बताउनुभयो । उहाँले संविधान के का लागि किन र के संशोधन गर्ने स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले कांग्रेस अहिले प्रतिगामी सोचका साथ अगाडि बढेको भन्दै उहाँले थप्नुभयो ‘एमालेले प्रतिगमनका लागि साथ दिनु पर्ने ?’













प्रतिक्रिया दिनुहोस्