जनता टाइम्स

२० फाल्गुन २०८०, आईतवार १५:३६

मापसे गरी मध्यराती श्रीमतीसँग दुई लाख फिरौती माग, एक घन्टा नबित्दै श्रीमानको हत्या


भक्तपुर, फागुन २१ । भक्तपुरको सूर्यबिनायन नगरपालिका निवासी ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या आरोपमा एक जना पक्राउ परेका छन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ढकालको हत्या आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय सन्तोष सुवाललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काभ्रेको मण्डेउपुर नगरपालिका वडा नम्बर ६ बाट पक्राउ परेका हुन । सुवालले नै ढकालको हत्या गरेको प्रहरीको भनाइृ छ । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित वडा कार्यालय नजिकै गोठमा ढकालको शव फागुन ११ गते फेला परेको थियो ।

प्रहरीका अनुसार मृतक ढकाल फागुन ९ गते घरबाट तेल किन्न निस्किएका थिए । तर उनी त्यसपछि कोठामा फर्किएनन । भट्टीमा सँगै रक्सी सेवन गरी गएका ढकाललाई आफ्नो कोठामा लगेर सुवालले नै हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ ।  ढकाल र सुवाल केही समयअघि मात्रै भट्टीमा भेटेका थिए ।

भट्टीमा रक्सी खानेक्रममा भेटेका उनीहरू फागुन ९ गते पनि भेटेको प्रहरीले जनाएको छ । रक्सी खाएर उनीहरू दुबै जना सुवालको घरमा गएका थिए । त्यहाँ बसेर करिब पौने १२ बजेतिर सुवालले ढकालको फोनबाट उनकी श्रीमती रेनु ढकाललाई फोन गरेका थिए । प्रहरीका अनुसार सँगै रक्सी खाएर उनीहरू सुवालको घरमा गएका रहेछन । पौने १२ बजेतिर उनीहरूले प्र्याङ्क कल गरी श्रीमतीलाई अपहरणमा परेको भनेर दुई लाख रुपैयाँ माग गरेका रहेछन ।

तर त्यसैबीच साढे १२ बजेतिर श्रीमतीमाथि दुर्ब्यवहार गरेपछि सुवालले इट्टा प्रहार गरी ढकालको हत्या गरेको देखिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार हत्यापछि सुवालले ढकालको शव गोठमा राखेका थिए। त्यसपछि श्रीमतीसहित सुवाल काभ्रे गएका थिए ।

आफ्ना श्रीमान हराएको र फोन आएको भन्दै रेनु प्रहरी वृत्त जगातीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । जसक्रममा प्रहरीले शनिबार सुवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।