काठमाडौं, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक सकेर बालुवाटार जाँदै हुनुहुन्छ । राजनीतिक घटनामा देखिएको पछिल्लो परिवेशबारे जानकारी गराएर ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार जाने हुनुभएको हो । माओवादी र एमालेबीच राष्ट्रिसभा अध्यक्ष, शान्ति प्रक्रियाका बाँकी काम र नयाँ समीकरण बनाएर जाने समझदारी भएको बताइएको छ ।यसैवीचनेकपा एमालेको सचिवालय बैठक जारी रहँदा जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ । एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा ओली र राउतबीच छलफल भइरहेको छ। उहाँहरुबीच अब कसरी अगाडि बढ्नेबारे छलफल भइरहेको बताइएको छ।
सचिवालय बैठकपछि ओली बालुवाटार जाँदै: अध्यक्ष सीके राउत बालकोटमा













प्रतिक्रिया दिनुहोस्