जनता टाइम्स

२१ फाल्गुन २०८०, सोमबार १७:५६

तीन मन्त्रीले लिए सपथ, सत्ताबाट आउट भयो कांग्रेस


काठमाडौं, २१ जेठ । तीन बिना बिभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति भवन, शितलनिवासमा बिना विभागीय मन्त्रीहरू पदम गिरी, हितबहादुर तामाङ र डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिना बिभागीय मन्त्रीको सपथ ग्रहण गराइएको हो । शिर्ष नेताहरू बिच सहमति भए पछि उहाँहरूको जिम्मेवारी तोकिनेछ । नयाँ मन्त्रीले सपथ लिएसँगै कांग्रेस सत्ताबाट औपचारिकरूपमा बाहिर पुगेको छ ।