जनता टाइम्स

२२ फाल्गुन २०८०, मंगलबार १५:२५

एमाले प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त


काठमाडौं, फागुन २२ । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमासुनिता बरालले जिम्मेवारी पाउनु भएको छ ।

एमाले अध्यक्ष तथा संसदीय दलका नेता सो दलकाअध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौला र बराललाई आज उक्त जिम्मेवारी तोक्नुभएको हो ।

यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य भएपछि सचेतकबर्तौलाले नयाँ जिम्मेवारी पाउनु भएको हो ।

यस्तै बर्तौलाको प्रमुख सचेतकमा बढुवासंगै बराललाई सचेतकको जिम्मेवारीदिइएको हो ।

सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुनुहुंछ । बर्तौला मकवानपुरबाटनिर्वाचित र बराल समानुपातिकबाट निर्वाचित साँसद हुनुहुंछ ।