जनता टाइम्स

२२ फाल्गुन २०८०, मंगलवार १८:४८

माधवको निवास कोटेश्वर पुगे ओली–प्रचण्ड, बिष्णु पौडेल र शंकर पनि साथमै


काठमाडौं, फागुन २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुग्नुभएको छ ।

एमाले अध्यक्ष ओली, प्रधानमन्त्री दाहाल एमाले उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरललाई साथमा लिएर माधव निवास पुग्नुभएको हो । नेकपा विभाजनपछि एमाले अध्यक्ष ओली पहिलो पटक नेपाल निवास कोटेश्वर पुग्नुभएको हो ।