काठमाडौं, फागुन २२ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएको छ। नेपाली समयअनुसार आज बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो।
नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन ।
प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ। केही देशमा गुगल प्ले स्टोर पनि नचलेको भन्दै प्रयोगकर्ताहरूले ट्विटरमा लेखेका छन । अहिलेसम्म फेसबुक चल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्