जनता टाइम्स

२२ फाल्गुन २०८०, मंगलवार २२:२१

चल्न थाल्यो फेसबुक, समस्या समाधान भएको फेसबुकको भनाई


काठमाडौं, फागुन २२ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम सुचारु भएको छ नेपाली समयअनुसार आज बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेकोमा भर्खरै सुचारु भएको हो ।

नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या आएको थियो । प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ। केही देशमा गुगल प्ले स्टोर पनि नचलेको भन्दै प्रयोगकर्ताहरूले ट्विटरमा लेखेका थिए । मेटा फेसबुकले भर्खरै समस्याको समाधान गरेको हो ।