जनता टाइम्स

२२ फाल्गुन २०८०, मंगलवार २२:३३

नयाँ गठबन्धन बनेपछि भारत रिसाउँदा चीन बन्यो खुसी, यस्तो छ औपचारिक धारणा


काठमाडौं, फागुन २२ । कांग्रेस नेतृत्वको पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता गठबन्धन बनेकोमा छिमेकी मुलुक चीनले मंगलबार प्रतिक्रिया दिएको छ ।

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालको नयाँ सत्ता समीकरण एकताबद्ध भएर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नतीका लागि काम गर्ने आशा रहेको प्रतिक्रिया दिनुभएको हो ।

नेपालमा विकसित घटनाक्रमलाई जानकारीमा लिएको भन्दै उहाँले भन्नुभयो, ‘हामीले गठबन्धनका सम्बन्धित दलहरू एकताबद्ध भएर नयाँ सरकार गठनसम्बन्धी कामलाई अगाडि बढाउने र राजनीतिक स्थायित्व, आर्थिक वृद्धि तथा जनताको जीविकोपार्जनमा सुधार ल्याउने छन् भन्ने आशा लिएका छौं ।’

उहाँले चीन छिमेकी मित्र राष्ट्र र सहयोगी साझेदारका रूपमा नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिँदै नयाँ गठबन्धन सरकारसँग शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गर्न तत्पर रहेको समेत बताएकी छन् ।