गणेश बस्नेत

२३ फाल्गुन २०८०, बुधबार ०७:३०

काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा बस खस्यो,६ जनाको मृत्यु


काठमाडौं, फागुन २३ । धादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिनुभयो । हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले जानकारी दिनुभयो ।

उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो। उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको उहाँले बताउनुभयो । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।