जनता टाइम्स

२३ फाल्गुन २०८०, बुधबार ०९:५३

सर्वसममत र चुनावबाट नेतृत्व चयनसहित सकियो एमाले संखुवासभाको अधिवेशन, यी हुन सर्वसमत र निर्वाचित जिल्ला कार्यसमिति (सूचीसहित)


संखुवासभा, फागुन २३ । नेकपा एमाले संखुवासभाको उपाध्यक्षमा शान्तिकुमार दाहाल बिजयी हुनुभएको छ ।

नवौ जिल्ला अधिवेशनको क्रममा गएराती सम्पन्न मतगणना परिणममा दाहाल बिजयी हुनुभएको हो । अध्यक्षमा सर्वसम्मत खड्ग राई निर्वाचित भएपछि अन्य पदमा निर्वाचन भएको थियो ।

राती अवेर सम्पन्न भएको मत गणनाबाट सचिवमा गोपाल श्रेष्ठ, उपसचिवमा लेखनाथ बुढाथोकी र सुनिता कटुवाल विजयी हुनुभएको छ । निर्वाचन अधिकृत भविस्वर गुरुङले सर्वसम्मत र निर्वाचन प्रकृयाबाट नयाँ नेतृत्व चयन गरिएको बताउनुभयो ।