जनता टाइम्स

२३ फाल्गुन २०८०, बुधबार ११:००

लुम्बिनीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनाको घटनाले एमाले उपाध्यक्ष बिष्णु पौडेल स्तब्ध


काठमाडौं, फागुन २३ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले लुम्बिनीबाट काठमाडौं आउँदै गरेको बस त्रिसुलीमा भएको दुर्घटनाबाट स्तब्ध बनेको बताउनु भएको छ । उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत यस्तो पीडा पोख्नुभएको हो ।

लुम्बिनीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आज बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा ७ जना यात्रुको निधन भएको थियो । सो खबरले आफू स्तब्ध भएको पौडेलले बताउनु भएको छ ।

पौडेलले मृतकहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दैै भन्नुभएको छ, ‘घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सडक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई गंभीरतापूर्वक ध्यानाकर्षण गराऊँछु ।’

रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन ।

पौडेलको भनाई जस्ताको तस्तै
लुम्बिनीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशुली नदीमा खस्दा ७ जना यात्रुको निधन भएको खबरले स्तब्ध भएको छु । मृतकहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सडक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई गंभीरतापूर्वक ध्यानाकर्षण गराऊँछु ।